Logo

खोजमूलक समाचार सम्प्रेषण गर्न आग्रह



वीरगञ्ज, १३ वैशाख : प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभएको छ ।

गोरखापत्र संस्थान सम्पर्क कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘सङ्घ र प्रदेशको सम्बन्धमा मिडियाको भूमिका’ विषयको अन्र्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले नेपाल र भारत बीच रोटीबेटीको सम्बन्ध भएकाले यो सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार समाजको ऐना भएकाले ‘पीत पत्रकाररिता’बाट समाज बन्न नसक्ने भएकाले सत्य तथ्यमा आधारित खोजमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

सम्पर्क कार्यालयका प्रमुख कन्हैयालाल केशरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेश सांसद एवं वीरगञ्ज उद्योग वाणिज्यका अध्यक्ष ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरालगायतले सञ्चारका क्षेत्रमा मुलुककै जेठो पत्रिका गोरखापत्रले निर्वाह गर्दै आइरहेको भूमिका र सत्यपरक समाचार सम्प्रेषणको खुलुरै प्रशंसा गर्नुभएको थियो ।

यसैबीच, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अखण्डता, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि सञ्चार माध्यमले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

वीरगञ्जस्थित गोरखापत्र संस्थानको सम्पर्क कार्यालयको नवौँ वार्षिकोत्सवको अवसरमा पठाउनु भएको शुभकामना सन्देशमा उहाँले आगामी दिनमा संस्थानले अझ आफ्नो सेवा ग्रामीणस्तरसम्म विस्तार गरी जनतालाई सुसूचित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्