Logo

एकसय रुपैयाँमा पढ्न सकिने ‘समता स्कुल’ भोजपुरमा



सरिता राई : भोजपुर, १४ वैशाख । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कुल सञ्चालनमा ल्याईने भएको छ ।

समता फाउण्डेसन मार्फत देशका ७५ जिल्लामा स्कुल स्थापना गर्ने उद्देश्य अनुरुप भोजपुरमा एक हप्ताभित्र पढाई सुरु हुने गरी समता स्कुल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेसनका संस्थापक उत्तम सञ्जेलले बताउनुभएको हो ।

विद्यालयले नर्सरी, यूकेजी, एल केजी र कक्षा एक सम्म भर्ना लिने छ । यसअघि आवश्यक प्रक्रिया पुरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो ।

पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनको लागी संस्थापक उक्तम सञ्जेल र विद्यालयका संरक्षक हाँस्य कलाकार हरिवंश आचर्य बिहिबार भोजपुर आइपुग्नुभएको हो ।

यस विद्यालयले मासिक एक सय रुपैंयामा नै अग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । यहाँ स्थापना हुने स्कुल देशको ७५ औं स्थानमा परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्