काठमाडौं, १४ बैशाख । आज राजधानिको खुल्लामञ्चमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले युवा मार्च पास गरेको छ । राष्ट्रियता, जनतन्त्र, नजीविका र युवा रोजगारका लागि संघर्ष गरौं नयाँ जनवादी क्रान्तिको तयाररुका लागि युवा मार्चपास सफल पारौं भन्ने मुल नाराका साथ दसौं हजारको संख्यामा रातो ट्रयाक लगाएका युवाहरुले मार्च पार गरेका छन् ।
युवाहरुले राष्ट्रिय स्वाधिनताको नारा लगाउँदै राजधानीको सडक रातो र तातो बनाएका छन् ।
तस्विर : मुकुन्द कालिकोटे