Logo

प्रदेश ४ कांग्रेस संसदीय दलको नेतामा नेपाली



स्याङ्जा, १५ बैशाख । नेपाली कांग्रेस प्रदेश नंम्वर ४ को प्रदेश संसदको संसदीय नेतामा कृष्णचन्द्र नेपालीलाई चयन गरेको छ । शनिवार बसेको प्रदेश सांसदको बैठकले नेपालीलाई सर्वसहमतिका आधारमा संसदीय नेत चयन गरेको हो ।

साथै संसदीयदलको उप नेतामा मेखलाल श्रेष्ठ चयन भएका छन् । यसैगरी प्रमुख सचेतकमा मणिभद्र शर्मा र सचेतकमा ओमकला गौतम चयन भएका छन् । प्रदेश नम्वर ४ को नेपाली कांग्रेस संसदीय बैठकले लेखा संयोजक कुमार खड्का लाई चयन गरेको संसदीयदलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिपक्षको भुमिका खेलेको नेपाली कांग्रेसले लामो समयपछि मात्रै संसदीयदल सहित सबै पदको टुङ्गो लगाएको छ । यसले गर्दा आगामी दिनमा कांग्रेसलाई प्रदेश ४ को संसदको बैठकमा विषय उठानमा सहजता मिल्ने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्