Logo

प्रदेश पाँचको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन, कांग्रेस सासंदको गुनासो



वैशाख १६, काठमाण्डौ । वैशाख २१ गतेका लागि आह्वान भएको प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि आजका लागि बोलाइएको छ । अहिले सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रदेशसभा बैठकलाई गर्न लागेको यो पहिलो सम्बोधन हो ।

प्रधानमन्त्रीको सम्बोधनका लागि विपक्षी दलसँग पूर्वछलफल नभएको तर प्रधानमन्त्री आउने तय भएपछि आफूहरुलाई बोलाइएको कांग्रेस सासंदहरुले गुनासो गरेका छन् ।

मुख्यमन्त्रीले आफ्नो काम देखाउन प्रधानमन्त्रीलाई ल्याएको आरोप लगाउँदै उनीहरुले बहुमतको सरकार भएकाले प्रतिपक्षलाई वेवास्ता गरिएको बताए ।
ओली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशसभा बैठकस्थल र सचिवालय आसपासका क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

बुटवलमा प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली लुम्विनी जाने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा चिनियाँ बौद्ध बिहारमा आयोजित दुईदिने अन्तराष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्