Logo

इङ्गलिस प्रिमियर लिग : चेल्सीद्वारा स्वान्सी सिटी पराजित



काठमाडौं, १६ बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई १-० ले हराएको छ । गएराति स्वान्सी सिटीको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन स्पेनिस खेलाडी फाब्रिगासले निर्णायक गोल गरे ।

जितसँगै चेल्सीले प्रिमियर लिग फुटबलको शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ । गएराति भएको अर्को खेलमा लिभरपुललाई रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको स्टोक सिटीले गोलरहित बराबरीमा रोकेको छ ।

प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई ५-० ले हराउँदा एभर्टनले हडर्सफिल्ड टाउनलाई २-० ले, साउथह्याम्पटनले बर्नमाउथलाई २-१ ले तथा वेष्ट ब्रोमले न्युकासल युनाईटेडलाई १-० ले हराएका छन् ।

बर्न्ले र ब्राईटनले भने गोलरहित बराबरीमा चित्त बुझाएका छन् । प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले छैटौं स्थानको आर्सनलसँग खेल्नेछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्