Logo

कृषि र पर्यटनबाट ५ नम्बर प्रदेश समुद्ध हुन्छ : प्रधानमन्त्री



बुटवल, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । आईतबार प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।

लुम्बिनी आउने क्रममा प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले आज बिहान ९ बजे प्रदेश सभामा सम्वोधन गर्ने कार्यतालिका थियो । तर, उनी १० बजेर ४० मिनेट मात्र प्रदेश सभामा सम्वोधन गर्न पुगेका थिए ।

सम्बोधनका क्रममा प्रदेश नम्बर ५ को प्रशंसा गर्न धेरै समय खर्च गरेका ओलीले कृषि र पर्यटनबाट यो प्रदेश समुद्ध बनाउन सकिने बताए । उनले प्रदेश नम्बर ५ दुनियाँ अन्धकार हुँदा ज्ञानको ज्योति छर्ने गौतम बुद्ध जन्मेकोस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

ओलीले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको पनि बताए । संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको पनि ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्