Logo

केन्द्रिय समितिको निर्णय अन्तिम होइन, महासमितिले अर्ली महाधिवेशनको निर्णय गर्छ : गुरुङ



वैशाख १७, काठमाण्डौ । नेपाली काग्रेसका नेता धनराज गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले चुनावमा हारेकोमा नैतिक जिम्मेवारी लिनुपर्नेमा नलिएर जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन् ।

आइतबार सम्पन्न कांग्रेस केन्द्रिय समिति बैठकले चुनावमा भोगेको पराजयको जिम्मा केन्द्रिय समितिले नै लिनुपर्ने निर्णय गरेको थियो । बैठकमा पार्टी सभापति देउवाले चुनावी हारमा आफू मात्र दोषी नभएको स्पष्टीकरण दिएका थिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता गुरुङले चुनाव नतिजाबारे छलफल र विमर्श गर्दै जाने भनिएकाले आगमी बैठकहरुमा पनि छलफल जारी रहने बताए ।

आगामी दिनमा विधानमा टेकेर सभापति देउवा अगाडि बढ्न नसके त्यसले पार्टीलाई कमजोर बनाउने गुरुङले बनाए ।

“उहाँले विधान बमोजिम चल्छु भन्नुभएको छ । हिजो विधानअनुसार चल्नुभएन । अब कसरी चल्नुहुन्छ हेर्न बाँकी छ ।” गुरुङले भने ।

महासमितिको बैठक बस्ने भएकाले अझै विचार विमर्श हुने बताउँदै उनले केन्द्रिय समिति बैठकको निर्णय नै अन्तिम नभएको बताए ।

“युवा नेताहरुले आत्मसमर्पण गरेका छैनौँ । हामीले राखेका कुराहरु छलफल गर्दै जान्छौँ ।” उनले भने ।

अर्ली महाधिवशेनको माग यथावत रहेको बताउँदै उनले महासमिति बैठकले यससम्बन्धमा निर्णय गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्