Logo

प्रधानमन्त्री ओलीद्वारा उभौलीको शुभकामना



काठमाडौँ १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको सन्देशमा लेख्नुभएको छ । ‘‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरु हुन् । त्यसैगरी किरात जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो । किरात विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’’ शुभकामना सन्देशमा उल्लेख छ ।

किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन् ।

बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको प्रधानमन्त्रीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot