Logo

अनमोल केसी एकाएक फुटबल खेलाडी बने



ईलाम, १७ चैत्र । नेपाली चलचित्रका युवा स्टार अनमोल केसीको मुख्य अभिनय रहने ‘क्याप्टेन’ नाम नयाँ चलचित्रको सुटिङ हिजोबाट पूर्वको पर्यटकीय नगरी इलाममा सुरु भएको छ ।

निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार अनमोलले दुई दिन त्यहाँ सुटिङ गर्नेछन् । अनमोल पनि फुटबल खेलाडीको रुपमा सुटिङमा सहभागी हुनेछन् ।

फुटबलको ‘क्राउड र सेटअप’ हुबहु मिलोस भनेर नै निर्माता समेत रहेका अनमोलका बुवा भुवन केसीले बिचैमा सुटिङ सुरु गरेका हुन् । फिल्मको औपचारिक सुटिङ भने जेठको पहिलो हप्ताबाट गर्ने तयारी भैरहेको निर्माता केसीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

फिल्ममा अनमोल केसीसँगै उपासन सिंहप्रियंका एम.भीको अभिनय रहेको छ । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्