Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छुट्टै रिह्याबिलिटेसन वार्ड संचालन



काठमाडौं, १९ बैशाख ।काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छुट्टै रिह्याबिलिटेशन वार्ड संचालनमा आएको छ ।
आज एक औपचारीक कार्यक्रम सहित अस्पतालको सातौ तल्लामा सो वार्डको शुभारम्भ गरिएको हो । अर्थोपेडिक तथा न्यूरो सर्जरीपछि लामो समय उपचार तथा पुनस्थापनाकालागि बस्नुपर्ने बिरामीहरुलाई सहज र सुलभरुपमा पुनस्थापना सेवा उपलब्ध गराउने उद्देश्यले संचालित वार्डमा ५ वटा बेड रहेका छन् ।
अस्पतालको फिजिकल थेरापि युनिटको प्रत्यक्ष सहभागितामा संचालित सो वार्डमा अत्यन्त दक्ष तथा अनुभवि चिकित्सक तथा फिजिकल थेरापिष्टहरुद्वारा उपचारपछिको पुनर्स्थापना सेवा उपलब्ध रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।
यस रिह्याबिलिटेशन वार्डको संचालनले देशका बिभिन्न भागबाट उपचारका लागि आएका बिरामीहरुलाई सुलभ मुल्यमा स्तरिय पुनर्स्थापनासेवा पाउन सहज हुनुका साथै तथ्यमा आधारित बैज्ञानिक रिह्याविलिटेशन सेवा समेत सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
संसारका राम्रा उपचापछि गरिने पुनस्थापना केन्द्रहरुमा उपलब्ध रहेका उपचार तथा पुनर्स्थापनामा प्रयोगहुने उपकरणहरुको उपलब्धता रहेको यस वार्डमा बिरामीले अस्पतालभित्रनै सुलभ मूल्यमा बिशेषज्ञको निगरानीमा नर्सिङ केयर सहितको पुनस्थापना सेवा समेत उपलब्ध रहने बताइएको छ ।
वार्डको उद्घाटन प्याराग्लाइडिङ दुर्घटनामा घाइते भएर हाल ग्राण्डीमा उपचार गराइरहेका क्यानाडेली पर्यटक लुइस डेभिड डुरोचर तथा घुडाँको सफल उपचार ग्राण्डीमा गराएर खेलमा फर्कीएका राष्ट्रिय जुडो खेलाडी संजय महर्जनले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्