Logo

एकतालाई ‘फाईनल टच’ दिन ओली–प्रचण्डबीच वार्ता सुरु



काठमाडौं, २० बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न अहिले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल सुरु भएको छ ।

यसअघि आज विहान उनीहरुबीच छलफल भएको थियो । विहानको बैठकमा केही विषयमा सहमति जुट्न नसक्दा बैठक आजै बस्नेगरि सम्पन्न भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा एकताको मिति तय गर्ने बुझिएको छ ।

विवादित विषयलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा छलफल भएको थियो । वार्तामा एकता संयोजन समितिमा पेस भएको वैचारिक र सांगठनिक प्रतिवेदनमा छलफल भएपनि कुनै ठोस सहमति भने बन्न सकेन ।

मंगलबार माओवादी केन्द्र सचिवालयको बैठकमा अध्यक्ष दाहालले विवादित अधिकांश विषय सहमतिनजिक पुगेको भन्दै आजको बैठकमार्फत् सबै कुरा टुंग्याएर यही वैशाख २२ गते नै एकता हुनसक्ने बताएका थिए ।

माओवादी केन्द्रले समानताका आधारमा एकता हुनुपर्ने भन्दै केन्द्रीय समितिमा कम्तीमा ४५ प्रतिशत हुनुपर्ने माग गरेको छ । त्यसैगरी, महाधिवेशनपछि नेतृत्व हस्तान्तरणको प्रक्रिया, नयाँ पार्टीको चुनाव चिह्न र जनयुद्धलाई हेर्ने दृष्टिकोणबारे एमालेको स्पष्ट दृष्टिकोण खोजेको छ ।



प्रतिक्रिया दिनुहोस्