वैशाख २१, काठमाण्डौ । नेविसंघ सभापति नैनसिंह महरले गरेका केही महत्वपूर्ण नियुक्ति तथा निर्णय आज बसेको नेवि संघ असन्तुष्ट समुहको बैठकले खारेज गरेको छ ।
महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठकले विधि विधान विपरित मनोमानी ढंगले सभापतिले पदाधिकारी सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस सिटिइभिटी विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने निर्णय गरेको हो ।
असन्तुष्ट समुहले बोलाएको बैठक रोक्न कांग्रस केन्द्रिय कार्यालयले पत्र पठाएको थियो । तर पत्र आउनुअघि नै बैठकले निर्णय गरेको नेवि संघ केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए ।
विहिबार चलिरहेको वैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । निर्देशनमा नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमितीको नाममा पार्टी केन्द्रबाट निर्देशन प्राप्त नहुञ्जेलसम्म बैठक नगराउन भनिएको छ ।
बैठकमा निर्वाचित ८४ केन्द्रिय सदस्य उपस्थित भएको काफ्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, प्रकाश राना, खड्क डागी, नवीन राई, सह महामन्त्री राजेश रौनियार, माधब ढकाल, परमेश्वर शाह, कृष्ण कार्की, ललिता सुनुवार, हरीहर शर्मा, कोषाध्यक्ष शिव रीमाल र केन्द्रीय सदस्यहरुसहित ८४ जना सहभागी भएको नेविसंघका केन्द्रिय सदस्य भट्टले जानकारी दिए ।
नेविसंघको निर्वा्चित केन्द्रीय समितिका १२९ जना मध्ये ८४ जना बैठकमा सहभागी हुनुले अध्यक्ष नैनसिंह महर अल्पमतमा परेको देखिन्छ । बैठक नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको थियो ।