Logo

महासंघका महासचिव सिटौला रिपोर्टर्स क्लबबाट पक्राउ (भिडियोसहित)



वैशाख २१, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् ।

नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ ।

क्लबमा आउनुअघि उनले क्लबका अध्यष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए । धमलाले क्लबमा सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी दिएर सिटौलालाई बोलाएका थिए ।

गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे र उपाध्यक्ष पदम गहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। यातायात बन्द हुँदा लामो/छोटो दुरीका यात्रु मारमा परेका छन्।

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही अगाडि बढाउन पत्राचार गरिसकको थियो।

https://www.youtube.com/watch?v=W5bel1ecsAY



प्रतिक्रिया दिनुहोस्