Logo

पूर्वराजा ज्ञानेन्द्रद्धारा डा. देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना



काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारार्थ भर्ना भएका न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार बिहान डा. देवकोटालाई टेलिफोन गरी उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । यस्तै ज्ञानेन्द्रले डा. देवकोटालाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । यस्तै पूर्व राजा ज्ञानेन्द्रका सहयोगी डा. देवकोटाको स्वास्थ्य लाभको कामनासहितको पत्र लिएर न्यूरो अस्पताल पुगेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्