Logo

विपीको आदर्श र सिद्धान्त बिर्संदा काँग्रेस पराजीत : गुरुङ



दमौली, तनहुँ, २१ वैशाख / नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताउनु भएको छ ।

विपी विचार समाज तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित प्रदेश नं ४ स्तरीय भेलाको उद्घाटन गर्दै नेता गुरुङले सो कुरा बताउनु भएको हो । “विपीको आदर्श र सिद्धान्तलाई बिर्संदा काँग्रेसको यो गति भएको हो”, गुरुङले भन्नु भयो । काँग्रेस सधँै सत्ताको पछाडि लागेको र विपीको सिद्धान्त बिर्सेकाले उनको विचारलाई देशभर फैलाउन तनहुँबाट अभियान थालिएको जानकारी गुरुङले दिनुभयो । सात वटै प्रदेशमा विपीको सिद्धान्तलाई फैलाइने जानकारी गुरुङले दिनुभयो ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी लगायतले शेरबहादुर देउवाले पार्टीभित्र मनोमानी गरेकाले चुनावमा नराम्रोसँग पराजीत भोग्नु परेको धारणा राख्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्