Logo

संघिय संसदको दोस्रो अधिवेशन आजबाट सुरु, चार विधेयक पेश हुने



काठमाडौँ, २३ वैशाख । संघिय संसदको दोस्रो अधिवेशन आजबाट सुरु हुने भएको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै पटब बसेर अधिवेसन सुरु हुनेछ । दिउँसो ४ बजे बैठक बोलाइएको बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैठक बस्ने गरी अधिवेशनआह्वानगर्नुभएको हो । पहिलो अधिवेशन सकिएको करिब एक महिनापछि सङ्घीय संसद्को दोस्रो अधिवेशन सुरु हुनलागेको हो ।

आजदुवै संसद् बैठकमा संघीय संसद्को अधिवेशनआह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्तपत्र सुनाउने र अधिवेशनअघि जारी भएकाचारवटा अध्यादेश प्रस्तुतहुने कार्यसूची छ । बैठकमा आ–आफ्नो सभासँग सम्बन्धितनियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचीपनि रहेको संसद् सचिवालयले जनाएको छ । सांसदहरू फौजदारी अपराधमा संलग्नभई अदालतले पुर्पक्षकालागिथुनामा पठाउँदा पनिनिलम्बननहुने व्यवस्थासहितको नियमावलीपनिआज बस्ने संसद् बैठकमा पेस हुँदै छ ।

दुवै सदनले पारित गरेपछि नियमावलीकार्यान्वयनमाआउनेछ ।वैशाख २६ देखि २८ गतेसम्मप्रि–बजेट विनियोजन विधेयकमा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीतितथाकार्यक्रम प्रस्तुतगर्ने प्रारम्भिककार्यसूची संसद् सचिवालयले तय गरेको छ । जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिकव्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्