Logo

महासमिति बैठकमा देउवालाई देखाईदिने पौडेलको चेतावनी



काठमाडौं, २३ बैशाख । एकलौटी रुपमा पदाधिकारी मनोनित गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूह यतिवेला सभापति शेरबहादुर देउवाप्रति आक्रमक बनेको छ ।

पौडेल समूहले देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने रणनीति लिएको छ । कतिसम्म भने देउवा नसच्चिए कडा भन्दा कडा कदम चाल्ने पौडेल समूहको खुल्ला चेतावनी छ ।

महाधिवेशन सकिएको दुई वर्षपछि सभापति देउवाले निर्वाचित केन्द्रीय समितिको बहुमतबाट पदाधिकारी चयन गरेपछि पार्टीभित्र देउवाप्रति पौडेल समूह असन्तुष्ट बनेका हुन् । सभापति देउवाले प्रस्ताव गरेका नाम नै बहुमतबाट टुङ्ग्याइएको थियो । बैठकले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा.प्रकाशशरण महतलाई मनोनयन गरेको थियो ।

महासमिति बैठकमा देउवाको यो निर्णयलाई अवैध बनाएरै छाड्ने पौडेल समूहको उद्धघोष छ । त्यस्तै यतिवेला पौडेल महामन्त्री सशांक कोइरालाप्रति असन्तुष्ट छन् । अहिले कांग्रेसभित्र आन्तरिक द्धन्द्ध चुलिएको छ ।

पौडेल पक्षले महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गरिसक्नुपर्ने भएपनि ढिलोगरी मनोनित गरिएकाले विधान बिपरित भएको गम्भिर आरोप लगाएको छ । उता बहुमतबाट गरिने अवैधानिक निर्णय आफूहरुलाई मान्य नहुने कांग्रेस नेता प्रकाशमान सिंहले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्