Logo

मोदीको भ्रमण सुरक्षाबारे छलफल गर्न रक्षामन्त्री मुस्ताङमा



मुस्ताङ, २३ वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीबारे आइतबार यहाँका सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा दिइने सुरक्षा प्रबन्धबारे छलफल गरेका हुन् । त्यसक्रममा मन्त्री पोखरेलले मुस्ताङको जोमसोममा रहेको सैनिक उच्च शिखर शिक्षालयको निरीक्षण पनि गरे ।

नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेलले शिक्षालयको अवलोकनपछि एमालेका कार्यकर्ताहरुसँग भेटघाट पनि गरेका थिए । त्यसक्रममा उनले कोरला नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए ।

सरकारले चीनसँगको कोरला नाकालाई उच्च प्राथमिकता दिएको भन्दै मन्त्री पोखरेलले सडक विस्तारपछि मुस्ताङ दुर्गम नहुने बताए । मन्त्री पोखरेल आइतबारै लमजुङको घलेगाउँ जाने कार्यक्रम पनि रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्