Logo

नेपाल मेडिसिटीमा गुणस्तरीय सेवाका लागि नर्सहरुको सम्मेलन (फोटोफिचर)



काठमाडौं, २६ बैशाख । गुणस्तरीय स्वास्थ्य सेवामा नर्सहरुलाई शशक्तिकरण गर्ने सम्बन्धमा नेपाल मेडिसिटी अस्पतालमा विभिन्न अस्पतालहरुमा कार्यरत् करिब १ सय जना नर्सहरुको सहभागितामा एक वृहत्‘ सिम्पोजियम’को आयोजना गरियो ।

अन्तर्राष्ट्रिय नर्सेस दिवसको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालमा साताव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ ।

आज आयोजित ‘सिम्पोजियम’मा नेपालस्थित अमेरिकन एम्बेसीका नर्स क्यारी सेनगलम्यानले सेफ नर्सिङ प्राक्टिस एण्ड पेसेन्ट केयर विषयमा प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साईकियाटिक नर्सिङ विभागकी प्रमुख प्राध्यापक समी लामाले नर्सहरुको कम्युनिकेशन सीपका बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

साथै अमेरिकन एम्बेसीकै नर्स फ्रान्कोइस पाहुलले विशिष्ट नर्सिङ सेवाका लागि उदाहरणीय पेशागत कार्यका सम्बन्धमा छलफल गर्नुभएको थियो ।
त्यसैगरी नर्स लिंक अमेरिकाकी शर्ली इभान्सले नर्सिङ सेवामा अन्तर्राष्ट्रिउ मापदण्डका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

नर्सिङ सेवाका सम्बन्धमा चिकित्सकको धारणाका बारेमा नेपाल मेडिसिटी अस्पतालका आई.सि.यु. कोअर्डिनेटर डा. दिप्तेश अर्यालले तथा आम पव्लिकको अपेक्षाका लागि वरिष्ठ संचारकर्मी प्रभात रिमालले छलफल गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल नर्सिङ संघका अध्यक्ष प्रा.तारा पोखरेल गर्नुभएको थियो भने उहांले नर्सिङ पेशागत् शशक्तिकरणका बारेमा जानकारी गराउनु भएको थियो ।

नेपाल मेडिसिटी अस्पतालले साताव्यापी कार्यक्रमहरुको आयोजना गरी प्रभावकारी हातधुने तरिकासम्बन्धी नृत्य, अन्तर अस्पताल हाजिरीजवाफ कार्यक्रम, सिम्पोजियम, वाकाथन लगायत कार्यक्रमहरुको आयोजना गरिएको अस्पतालकी डेपुटी निर्देशक डा. तारा शाहले जानकारी दिनु भयो ।



प्रतिक्रिया दिनुहोस्