Logo

मोदी भ्रमणको स्वागत गर्छौँ, तर दुई ठाउँमा अभिनन्दन किन-शर्मा



वैशाख २७, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भोली नेपाल आउँदैछन् । उनको भ्रमणलाई लिएर विभिन्न खाले टिप्पणी भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मोदीको भ्रमण स्वागतयोय भए पनि कतिपयप्रश्नको जवाफ सरकारले दिन नसकेको आरोप लगाएका छन् ।

https://www.youtube.com/watch?v=bqMBufpo9O8

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले मित्रराष्ट्र देका प्रधानमन्त्री नेपाल आउने र नेपालका प्रधानमन्त्री मित्रराष्ट्रको भ्रमण जानु स्वभाविक भएको बताए ।

दुई मित्रराष्ट्रहरु भारत र चिनसँग सम्बन्ध राम्रो बनाएर आर्थिक लाभ लिनु जरुरी रहेको भन्दै भ्रमणको नेपाली कांग्रेसले पनि स्वागत गरेको बताए ।

तर शर्माले हिजो सामाजिक संजामार्फत मोदीको भ्रमणका बारेमा केही प्रश्न उठाएका थिए ।

उनले सामाजिक संजालमा लेखेका थिए
मोदि भ्रमण र ६ प्रश्न !

१,भ्रमण देशको कि प्रदेशको ?
२,भिन्न दुई भूगोलमा अभिनन्दन कति राष्ट्रिय ?
३,जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन ?
४,भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ?
५,नाकाबन्दीको भुल बोध गरिंदै कि भुल्दै ?
६,हाम्रा प्रमको राष्ट्रवाद कुन मन्चमा सुकुला ?

आफ्नो धारणालाई मोदी भ्रमणको विरोधमा नबुझ्न शर्माले आग्रह गरे । “मित्रराष्ट्रका प्रधानमन्त्रीको भ्रमणका क्रममा कमजोरी छ भने त्यसको प्रश्न नागरिक तहबाट पनि उठ्छ । मैले पनि कांग्रेस कार्यकर्ताको हिसाबले प्रश्न गर्न मिल्छ । त्यसैले ६ वटा प्रश्न उठान गरेको हुँ ।”

मोदी नेपाल भ्रमण भनेर आए पनि कुनै एक प्रदेशलाई प्राथमिकतामा राख्नुले प्रश्न उब्जिएको उनले बताए ।

प्रवक्ता शर्माले मोदीलाई दुई दुई ठाउँमा किन नागरिक अभिनन्दन गर्नुपर्यो भनेर ओलीलाई प्रश्न गरेका छन् ।

मोदीले नेपालको अन्तराष्ट्रिय विमानस्थललाई प्रयोग गरेर जनकपुर गएको भए प्रश्न नउठ्ने बताए ।

उनले नागरिक अभिनन्दन पनि स्वभाविक नभएको बताए । दुई दिनको भ्रमण दईवटा अभिनन्दनको आवश्यकता नरहेको उनको बुझाई छ ।

“जनकपुरमा गरिएको नागरिक अभिनन्दनले सिङ्गो नेपाली नागरिकको प्रतिनिधित्व हुन सक्थ्यो । दुईवटा भिन्न भुगोलमा गरिएको अभिनन्दनको सन्देश के हो ?” उनले भने ।

आफूले अभिनन्दनप्रति कुनै आपत्ति नजनाएको दाबी गर्दै उनले दुई दिनको भ्रमणमा दुई फरक ठाउँमा नागरिक अभिनन्दन गर्नु स्वभाविक नभएको बताए ।

“नेपाल भनेको मेचीदेखि महाकालीसम्म हो । हिमाल पहाड तराई सबै पर्छ । तर अभिनन्दन एक ठाउँमा गरे पनि पुग्छ ।” उनले भने ।

केपी ओलीले संविधान जारी भएपछि लिएको राष्ट्रियताको अडान परिणाममुखी नभएको उनको तर्क छ ।

“संविधान जारी भएपछि वा चुनाव अघिको केपी ओली र अहिलेका केपी ओलीमा किन फरक ? प्रधानमन्त्री भएपछी उहाँको राष्ट्रवाद कहाँ सुकुला भयो ?” शर्माले प्रश्न गरे ।

मोदीको भ्रमण हुनै लाग्दा जनस्तरबाट समेत विभिन्न प्रश्न उठेको तर सरकारले कुनै जवाफ दिन नसकेको उनको आरोप छ ।

मित्रराष्ट्रसँगको सम्बन्धलाई तिक्ततापूर्ण बनाउन नहुने भन्दै उनले एउटै व्यक्ति विपक्षीमा हुँदा र सत्तामा हुँदा फरक रुपमा प्रस्तुत भएका ओलीप्रति आफूले प्रश्न गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्