Logo

मोदी जनकपुर आइपुगे, ओलीले गरे स्वागत



वैशाख २८, काठमाण्डौ । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।

 

मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदी र ओलीले त्यहाँ संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम छ ।

-आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ ।

-जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो हेलिकोप्टरबाट काठमाडौँतर्फ प्रस्थान गर्नेछन् ।

-प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।

-जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहनेछ ।

-जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नेछन् ।

-मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

-प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस्