जनकपुर, २८ वैशाख । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण आफूहरुका लागि खुशीको विषय भएको बताएका छन् ।
नेपाल र भारतबीच परापूर्वकालदेखि सम्बन्ध रहेको चर्चा गर्दै उनले भगवान राम र सीताको समयदेखि नै दुई देशबीच यस्ता भ्रमण आदान–प्रदान हुने गरेको बताए ।
ओलीले जनकपुरमा भारतीय समकक्षी मोदीसँगै उभिएर जनकपुर–अयोध्या बस सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अहिले अरु कुनै सन्दर्भमा जान उचित ठान्दिनँ ।’
उनले राम र सीताको भेट भएको, सीताले जन्म लिएको ठाउँमा मोदी आएको उल्लेख गर्दै भने, ‘यो अवसरमा खुशी व्यक्त गर्न चाहन्छौं ।’