काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएसँगै दुवै देशका प्रतिनिधि मण्डलबीचको भेटवार्ता सुरु भएको छ ।
यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उनीहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ । उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज यहाँ आईपुगेका हुन् ।