Logo

तस्विरमा हेर्नुहोस मुक्तिनाथमा मोदीको पूजा



मुक्तिनाथ, मुस्ताङ २९ वैशाख : नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराउनुभएको थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहनुभएको थियो । उहाँ आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट यहाँ आउनुभएको थियो । उहाँ आजै बिहान काठमाडौँ फिर्ता भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्