Logo

‘नेपालको विकासलाई सगरमाथाको चुचुरोमा पुर्याउन शेर्पा बन्छु’



काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास अहिले सगरमाथा चढ्ने आधार शिविरसम्म पुगेको बताउँदै आफू चुचुरोमा पुग्नको लागि शेर्पाको भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । त्यस्तै उनले आफू अर्को पटक गौतम बुद्धको जन्मभूमि लुम्बिनी पुग्नेगरि नेपाल आउने इच्छा देखाएका छन् ।
उनले दुई पटकको नेपाल यात्राका क्रममा पवित्र धार्मिकस्थल पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर बुद्धको जन्मभूमि लुम्बिनी जाने बताएका हुन् ।

उनले भने, ‘दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ। यो पटक मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो मात्र महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन । भारत र नेपालको अटुट सम्बन्धको उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहार हो । ’



प्रतिक्रिया दिनुहोस्