Logo

स्वदेश फर्किनुअघि मोदीले भने : मेरो नेपाल भ्रमण ऐतिहाँसिक रह्यो, नेपालीसँग जोडिन पाउनु खुशीको कुरा’



काठमाडौं, २९ बैशाख । दुई दिने नेपाल भ्रमणपछि आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किनुअघि मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहाँसिक भएको प्रतिक्रिया दिएका छन् ।

उनले काठमाडौंबाट नयाँ दिल्ली उड्नुअघि आफ्नो ट्वीटरमा यस्तो पोष्ट गरेर भ्रमण ऐतिहाँसिक भएको जनाएका हुन् ।नेपाल बसाईको क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुरालाई उनले परिणाममुखीको संज्ञा दिएका छन् । उनले ट्वीटमा थप भनेका छन्,‘मेरो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ आयाम थपेको छ, न्यानो आतिथ्य प्रदान गरेकोमा नेपालीहरु र नेपाल सरकारप्रति हार्दिक कृतज्ञ छु।’



प्रतिक्रिया दिनुहोस्