बैशाख २९ काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले वित्तीय संस्थाहरुले वित्तीय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।
सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयमा राजधानीको होटल याक एण्ड यतीमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले वित्तीय अनुशासन र पारदर्शीता बिना वचत कर्ता र सर्वसाधरणको विश्वास आर्जन गर्न नसकिने बताए ।
वित्तीय संस्थाहरुलाई सरकारका नीति नियम पालना गर्दे जनउत्तरदायी र पारदर्शी हुन उनले आग्रह समेत गरे। वित्तीय संस्थाहरुको काम कारवाहीको अनुगमन र नियमन राष्ट्र बैकले गर्ने गरेको उल्लेख गर्दै उनले वित्तीय अनुशासनमा आँच आउने काम नगर्न सबैलाई सचेत गराए।
वित्तीय अवस्थाको लेखापरीक्षण, संपरीक्षण गर्ने निकायहरुलाई पनि आफुले हेर्ने संघ संस्थाको वित्तीय अवस्था विश्लेषण गर्न कुनै आग्रह पूर्वाग्रह नराख्न उनले सुझाव दिए।
यस्ता छिटफुट घटनाले सिंगो वित्त क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले जिम्मेवार , पारदर्शीता र अनुशासनलाई कायम राख्न उनले आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चार्टर्ड एकाउण्टेन्ट्स् संस्थाका अध्यक्ष प्रकाशजङ्ग थापा भने– २३ मुुलुकका ३२ संस्थाका २५० भन्दाबढीले सहभागीता जनाएको जानकारी दिए ।