Logo

एमाले-माओवादी एकता टर्यो, यस्तो छ कारण !



काठमाडौं, १ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्काललाई टरेको छ । पछिल्लो समय एकता प्रक्रिया अघि बढाउनेबारे दुवै पार्टीका प्रमुख नेताहरुबीच कुनै छलफल तथा वार्ताहरु हुन सकेका छैनन् ।

दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताको विषयमा अहिले केही मतभिन्नताहरु रहेको स्रोतको दाबी छ । प्रचण्डले एमालेसँग सम्मानजनक र समानताको आधारमा एकता हुनुपर्ने अडानमात्रै लिएका छैनन, उनले एमालेसँग बराबरी अनुपातमा अर्थात ५० ५० को अनुपातमा एकता हुनुपर्ने बताउँदै आएका छन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले एकता महाधिवेशनपछि अध्यक्षमा माधव कुमार नेपाललाई उठाउने तयारी गरेसँगै प्रचण्डले ओलीसँग असन्तुष्टी पालेका छन् । प्रचण्डले एकतापछिको अध्यक्ष आफूलाई सुनिश्चित गर्न ओलीसँग माँग गरिरहेका छन् । यदि त्यसो हुन नसके प्रधानमन्त्रीमा ओलापालो र एकता महाधिवेशनसम्म दुवै जना अध्यक्ष रहनुपर्ने प्रचण्डको अडान छ । तर, यसमा ओली भने सहमत हुन सकेका छैनन् ।

प्रचण्ड अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूलाई सुरक्षित नभएसम्म एकता गर्ने पक्षमा छैनन् । दुवै दलका नेताहरुले एकताको मिति तोक्दै आएका छन् । तर, उनीहरुले सार्वजनिक गरेको एकता गर्ने भनिएका मितिहरु त्यतिकै गुज्रिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्