Logo

सबै काम स्थानीय निकायले गर्छ, सासंदलाई बजेट दिनुपर्दैन : विश्वकर्मा



वैशाख २, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संघीय शाषन प्रणाली लागु भइसकेको अवस्थामा अब सासंदलाई बजेट रकम दिनु आवश्यक नरहेको बताएका छन् ।

स्थानीय निकायले नै विकासका निर्माणका काम गर्ने उद्देश्यसहित चुनाव गरेर सबै तहको सरकार बनिसकेको अवस्थामा सासंदलाई पनि रकम दिदा कुन काममा खर्च गर्ने भन्नेमा विवाद हुने उनको तर्क छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले सासंदले विकास निर्माणका काम गर्दा स्थानीय निकायलाई दिइएको अधिकारसमेत प्रभावित हुन सक्ने बताए ।

“सासंदको नामबाट वा निर्वाचन क्षेत्र विकास कोषको नामबाट पैसा दिनुहुँदैन भन्ने कांग्रेसका सासंदको माग हो । यो सान्दर्भिक नै हो ।” उनले भने ।

जेठ सात गते सरकारले जेठ सात गते आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा नै सासंदलाई विगतमा दिने गरिएको निर्वाचन क्षेत्र विकासका नामको रकम दिन नुहनेमा कांग्रेसबाट सासंद बनेकाहरुले जोड दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्