Logo

एक छौं भन्दै बालुवाटारमा ओली–प्रचण्डले तस्विर खिचाए



काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मिति भोलि नै घोषणा हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटवार्तामा दुवै नेताहरुबीच एकताबारे आज गम्भिर छलफल भएको थियो ।

पछिल्लो समय दुई पार्टीबीचको एकता टरेको हो कि भन्ने हल्ला चलिरहेको बेला दुई अध्यक्षबीच आज वार्ता भएको हो । भेटवार्तापछि दुवै नेताहरुले मिडियासामू पोज पोजका तस्विरहरु खिचाएका थिए ।

बैठकस्थलबाट बाहिर आए ओली र प्रचण्डले तस्विर खिचाएका हुन् । मिडियासामू एमाले नेता विष्णु प्रसाद पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माले बोलेका थिए ।

नेता पौडेलले भने,‘हामी एक छौं भन्ने सन्देश आज दिईएको छ, भोलि ११ बजे एकता संयोजन समितिको बैठक बस्छ, अनि हामी एकताको मिति घोषणा गर्छौं।’

तस्विर : याम पाण्डेको फेसबुकबाट 

 



प्रतिक्रिया दिनुहोस्