Logo

माओवादी बैठक : एकता भोलि नै, स्थायी समिति सदस्य फाईनल



काठमाडौँ, २ जेठ । नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

आज साँझ बसेको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गरेका थिए । भोलि एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको नेता पौडेलले जनाए ।

पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिए । एमाले र माओवादीबीचको एकतापछि एकीकृत पार्टीमा २४१ सदस्यीय केन्द्रिय सदस्य रहने सहमति भएको छ ।

त्यस्तै एकीकृत पार्टीको स्थायी कमिटि ४३ सदस्यीय रहने र माओवादीको भागमा १८ परेकोले आजको बैठकबाटै स्थायी सदस्य पनि चयन गर्नेबारे छलफल भएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्