Logo

एकीकृत पार्टीको संयुक्त बैठक आजै बेलुका बालुवाटारमा बस्ने



काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको घोषणा बिहीबार गर्दैछन्। एकता घोषणा आजै गर्नेगरि त्यसका लागि अहिले बालुवाटारमा एकता संयोजन समितिको बैठक जारी छ ।

यहीबीचमा पार्टी एकताको घोषणा भइसकेपछि बिहीबार बेलुका नै एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्ने तयारी रहेको एमाले महासचिव ईश्वर पोरखेलले जानकारी दिए ।

दिउँसो विशेष कार्यक्रम गरेर एकीकरणको औपचारिक घोषणा हुँदैछ। केन्द्रीय समिति तथा स्थायी समितिमा रहने नेताको टुंगो पनि लागेको छ। एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ।



प्रतिक्रिया दिनुहोस्