काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।
यसअघि बिहीबार बालुवाटारमा दुवै पार्टीका अध्यक्षहरुले पार्टी एकता घोषणाको पत्रमा हस्ताक्षर गर्दै नयाँ पार्टीको औपचारिक घोषणा गरेका थिए। नव गठित पार्टीका चार सय ४१ जना केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका हुन्।
चार सय ४१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीमा ४५ जनाको स्थायी समिति र ९ सदस्यीय सचिवालय बनाइएको छ।
तस्विर : मुकुन्द कालिकोटे