जेठ ४, तनहुँ । नेपाली कांग्रेस तनहुले पार्टी सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सुरु गरेको छ ।
तनहुँ काग्रेसले देबघाट गाउँपालिकाका सयोजक विद्यार्थी नेता लक्ष्मीभक्त खनालको नेतृत्वमा देवघाट गाउँ पालिका वडा नं ४ मा संगठन सुदृढीकरण तथा संगठन परिचालन अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को संयोजक सहदेव अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला कोषाध्यक्ष रेशम गुरुङ थिए । कार्यक्रमले तिलबहादुर थापाको नेतृत्वमा ८ सदस्यीय वडा नं ४ मा कांग्रेसको नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यक्रममा संयोजक खनाल, जिल्ला सदस्य कृष्ण रुचाल, तरुण दल सचिव दयानिधि नराल, विद्यार्थी नेताहरु शैलेन्द्र मिश्र, उद्दव पौडेल र सरोज भण्डारी लगायतकाले कांग्रेस सृदृढीकरणबारे आफ्नो मन्तव्य राखेका थिए
नेपाली काङ्ग्रेस तनहुँले २०७५ बैशाख १० गतेको बैठकले क्षत्र नं. १ को पार्टी सयोजक श्री सहदेव अधिकारी र क्षेत्र न २ मा श्री झुल बहादुर आलेलाई पार्टीलाई सक्रिय बनाउनको लागि संयोजक तोकेको छ ।
त्यस्तै तनहुको १० वटै स्थानीय तहमा पार्टी संगठन गर्नको लागि सयोजक तोकिएको छ
व्यास नगरपालिकामा विश्व बास्तोला, भानु नपामा श्याम मौरुती, शुक्ला नपामा जित प्रकाश आले, भिमाद नपामा चुडामणि खनाल, आबु गाउँ पालिकामा रेशम गुरुङ, बन्दिपुर गाउँपालिकामा सहदेब अधिकारी, देबघाट गाउँपालिकामा लक्ष्मी भक्त खनाल, ऋषिङ गाउँपालिकामा महोन गिरी, घिरिङ गाउँपालिकामा मिलन आले र म्याग्दी गाउपालिकामा खेम राज अधिकारीलाई सयोजक तोकिएको छ ।
संयोजकको काम र कर्तब्य पार्टीको वडा अध्यक्ष वा गाउँ समितिको अध्यक्ष निर्वाचित भएको भए सो को सट्टामा नयाँ कार्यसमिती बनाई पार्टीलाई सक्रिय गराइ चलाएमान गराउने निर्णय भएको छ ।