Logo

मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने नेता अन्वारको भनाई



लालम्पुर,४ जेठ : मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताउनु भएको छ ।

नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेता समेत रहनु भएका इब्राहिमले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जान सक्ने बताउनु भएको हो ।

सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएको एकदिनपछि बिहीबार एएफपीलाई अन्तरवार्ता दिदै इब्राहिमले आफु चाडै नै संसदमा फर्किने जानकारी दिनुभयो ।

“मलाई केही महिना समय दिनु, म सांसदको रुपमा संसदमा फेरी फर्किने छु, अहिले तत्कालको कुरा यही हो,” उहाँले भन्नुभयो ।

इब्राहिमलाई सजाँय माफी घोषणा गरेर बुधबार जेलमुक्त गरिएको हो ।

उहाँलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुबेच्छुकहरुले खुशीयाली मनाउदै ¥याली निकालेका थिए ।

आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै अन्वारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताउनुभएको थियो ।

उहाँसहितको गठबन्धनले गत हप्ता भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार बनाएपछि त्यही सरकारले उहाँलाई रिहा गराएको हो ।

नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका पुर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले दुई बर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

९२ बर्षीय प्रधानमन्त्री माहाथिरले दुई बर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताउनु भएको छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्