Logo

एमाले-माओवादी एकता : कांग्रेसमा देउवा बेखुशी, केही नेता खुशी



काठमाडौं, ४ जेठ । एमाले र माओवादी केन्द्रबीच एकता भैसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु एकतालाई खुशी र बेखुी बनेका छन् ।

केही नेताहरुले एकताप्रति खुशी व्यक्त गरेका छन् भने केहीले भने एकताप्रति बेखुशी व्यक्त गरेका छन् । नेता मिन विश्वकर्माले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘उहाँहरुको एकतालाई लिएर हामी खुशी छौं, अब कांग्रेस सशक्त र एक भएर अघि बढ्छ, उहाँहरुको एकता हाम्रो लागि खुशीको कुरा हो।’

उनले कांग्रेस मिलाउनकोलागिपनि एमाले–माओवादीबीचको एकता आफूहरुको लागि वरदान सावित भएको बताए ।

अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस नेतृत्व सशक्त नभएको अवस्थामा एमाले–माओवादी एकता भएकोले कांग्रेसले एकिकृत पार्टी थेग्न नसक्ने बताए ।

उनले भने,‘कांग्रेसले एमाले र माओवादी केन्द्रको एकता थेक्न सक्दैन ।’

स्रोतका अनुसार एमाले–माओवादी एकताप्रति कांग्रेस सभापति शेरबहादुर देउवा पनि बेखुशी छन् । सकेसम्म देउवा दुई पार्टीबीचको एकता नहोस् भन्ने पक्षमा थिए ।



प्रतिक्रिया दिनुहोस्