Logo

एमाले–माओवादी एकता बैंक मर्जजस्तै हो : बाबुराम भट्टराई



पोखरा, ५ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकतालाई बैंक मर्जरजस्तैको मर्जको संज्ञको दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले माओवादी चलाउन नसकेर पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।

सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने भविश्वाणी पनि गरे । पोखरामा भएको कार्यक्रममा डा. भट्टराईले जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो भन्ने टिप्पणी गरे ।

यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन उनको भनाइ छ । माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर दाहाल सत्ता स्वार्थमा लागेको आरोप भट्टराईको छ ।



प्रतिक्रिया दिनुहोस्