Logo

ओली–प्रचण्डको प्रस्ताव : उपेन्द्र–महन्थ सरकारमा जाने !



काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् ।

स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना मधेशको मुद्दा सम्बोधन गर्नको लागि संविधान संशोधन गर्न तयार रहेका छन् । त्यसैले सरकारमा सहभागी हनको लागि राजपा र फोरम दुवै पार्टीका नेताहरुसँग नेकपाका नेताहरुले प्रस्ताव गरिरहेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने प्रतिबद्धता ओली र प्रचण्डबाट आए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर यादवले यसको लागि संविधान संशोधनमा लिखित सहमति सरकारले जनाउनुपर्ने बताए ।

यता राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि सरकारमा सहभागी हुनको लागि सत्तारुढ दलबाट प्रस्ताव आएकोले आफूहरुपनि सकारात्मक रहेको जानकारी पत्रकार धमलालाई गराए ।

राजपा नेपाल र फोरमले पनि ओली सरकार गठनमा समर्थन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्