Logo

अनशनरत थापाको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल



काठमाडौं, ५ जेठ । सरकारसङ्ग चिकित्सा बिधेयक खारेज गरि चिकित्सा क्षेत्रमा कायम सिन्डिकेट हटाउन लगायतका ८ बुदे माग राख्दै वैशाख १३ गतेदेखि अनशनरत विजय थापाको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ ।

अनशनरत थापाको स्वास्थप्रति सरकार उदासिन बनेको भन्दै मिशन सिन्धुलिगढी राष्टिय मोर्चाले आज एक विज्ञप्ती जारी गर्दै असन्तुष्टि पोखेको छ ।

काठमाडौंको खुल्लामञ्चमा जारी थापाको अनशनको आज २४ औ दिन हो । स्थायी घर ओखलढुंगाको सिस्नेरी हाल काठमाडौं मनहरा ६ कागेश्वरी निवासी थापा २७ वर्षका हुन् ।

 सरकारसङ्ग चिकित्सा बिधयक खारेज गरि चिकित्सा क्षेत्रमा कायम सिन्डिकेटको अन्त्य लगायतका ८ बुदे माग राख्दै वैशाख १३ गतेबाट थालिएको आमरण अनशन सम्बन्धि प्रेस बिज्ञप्ति
मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल,हाम्रो पार्टी नेपाल – नेपालको एउटा भात्रु संगठन हो । यो सस्था आफैमा एउटा रास्ट्रवादी मोर्चा समेत हो र यस्ले विशेष गरेर नेपालमा नेपालको राज्य सम्यन्त्रमा सूक्ष्म व्यवस्थापन सहित रहेर बसेको वैदेशिक शक्तीलाइ यो सस्थाले आफ्नो प्रमुख बिरोधी ठान्दछ । यसैलाइ परास्त गर्न यो मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल, हाम्रो पार्टी नेपालको भात्रु संगठन को रुपमा बिकाश भएको हो ।
यो संगठन राष्ट्रिय स्वाधीनताको रक्षा, विधिको शासन, संबैधानिक सर्वोच्चता,मानव अधिकारको सुनिश्चितता र सामाजिक न्यायको स्थापनाको लागि संघर्षरत सस्था रहेको सर्वविदितै छ । कुनै पनि किसिमको रास्ट्रहित बिपरित हुने कार्यको बिरुद्द संघर्ष गरिरहने क्रममा ,हाल निक्कै जल्दोबल्दो बिषय चिकित्सा क्षेत्रमाथिको सिन्डिकेट सहितको प्रस्तावित चिकित्सा बिधयक २०७५ लाई खारेज गरियोस भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारकालागि नेपाल सरकार समक्ष ८ बुदे माग राख्दै सरकारको ध्यानाकर्षण गराउदा समेत हाम्रा जायज र न्यायपुर्ण मागहरुको कुनै सुनुवाइ नभएकोले काठमाडौ स्थित खुल्लामन्चमा मिति २०७५- १ -१३ गते दिनको ३ बजेबाट हामिले सरकार समक्ष निम्न मागहरु राखी, माग पूरा नभएसम्म आमरण अनसन बस्ने निर्णय गरेको यसै प्रेस बिज्ञप्ति मार्फत नेपाल सरकार, संबंधित सरोकारवाला, मानव अधिकारवादी संघ जस्थाहरु, पत्रकार मित्रहरु एवम् नेपाललाइ आफ्नो आमा सम्झ्नु हुने आम नेपालीहरु माझ जानकारी गराउदछौ ।
आज जेष्ठ ४ गते सम्म २३ औ दिनमा अनशन चलिरहदा, अनशनकारिको स्वास्थ्य अवस्था अत्यन्त जटिल हुँदै गर्दा, खुल्लामन्च जस्तो स्थानमा जाहा आन्दोलन गर्ने स्थान समेत अत्यन्त प्रतिकुल रहेको, झन अनशनमा बस्दा जस्तो संबेदनसिल हुनुपर्ने समयमा धुलोधुवाको खुल्ला वातावरण भएको ठाउमा बस्दा अनशन कर्ता बिजय थापाको स्वास्थ्य थप जटिल्ता तर्फ गैरहेकोमा १-२५ गतेबाट आशन स्थमै आकस्मिक उपचारको व्यवस्था गरेर राखिएको अवस्था छ ।
तर पनि सरकारको कुनै ध्यानाकर्षण नभएकोले, सरकारको कुनै प्रतिक्रिया नआएको कारण यो सत्याग्रह को आन्दोलनलाई थप कडा पार्दै लाने निर्णय आयोजकले लिइएको छ । यसैक्रममा अगाडि गरिएको जीवन रक्षाकालागि मैनबत्ती बालि दिप प्रज्वोलन र शहर परिक्रमा लगायत कार्यक्रम सम्पन्न गरिसकेका छौ ।
अझ पनि सरकारले सुन्दैन भने हामी यो अनशनलाई यथावत स्थानमा निरन्तरता दिदै उपत्यका बाहिरबाट सडक संघर्ष सहितको ध्वम्सात्मक तरिकाले कार्यक्रम गर्न बाध्य हुने छौ । यस्को सम्पुर्ण जिम्मा सरकारले लिनुपर्ने छ । अत: सरकार चाडोभन्दा चाडो माग पूरा गरियोस र अनशनकारिको जीवन रक्षाको निमित्त सबै पक्षबाट थप सरकारलाइ झ्क्झकाउ भन्दै, हामी निम्न मागहरुको तत्काल सम्बोधन गर्न नेपाल सरकार समक्ष जोड्दार माग गर्दछौ ।
१) नेपालमा चिकित्सा शास्त्र को अध्यन अध्यापनका क्षेत्रमा कायम सिन्डिकेट प्रथा खारेज गरियोस् ।
२) बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानलाइ मेडिकल विश्वविद्यालयको रुपमा परिणत गरियोस् ।
३) नेपाली जनताको अहित र बिदेशी दलालको पक्षपोषण गर्ने नीति बमोजिम जारी गर्न तयारी गरिएको कथित राष्ट्रिय चिकित्सा शिक्षा बिधयक २०७५ तत्काल खारेज गरियोस् ।
४) डा.गोविन्द केसि र नेपाल सरकारविच भएका सबै सम्झौता खारेज गरियोस् ।
५) नेपाली बिद्यार्थिहरुलाइ बिदेश आपूर्ति गर्ने गराउने बिदेशीका दलाल कन्सल्टेन्सिहरु तत्काल बन्द गरियोस् ।
६) एम.डि को सिट निर्धारणमा भ्रष्टाचार र अनियमितता गर्ने आइ.ओ.एमका डिन डा जगदीश अग्रवाललाई तत्काल छानबिन गरि अबिलम्ब कारबाही गरियोस् ।
७) डा . गोविन्द केसि त्रिबि शिक्षण अस्पतालमा १४ पटकसम्म अनशन बसेका कारण अस्पताल र आइ.ओ.एमलाई भएको/पुगेको पुगेको नोक्सानी र निजले सो समयमा लिएको तलबभत्ता बारे छानबिन गरि अनियमित भएको रकम राज्यकोषमा दाखिला गराइयोस ।
८) एम.बि.बि.एस, एम.डि लगायतको उच्च मेडिकल शिक्षा पढ्न नेपाली बिद्यार्थिलाइ रुस,चीन बङलादेश लगायत विभिन्न बाहिरि देशमा पढ्न जानको निमित्त बाध्यकारि अवस्थाको अन्त्य गरियोस् । सबै सरकारी र निजि मेडिकल कलेजमा सबैको सिट संख्या वृद्धि गरि, छात्रवृत्ति कोटाको प्रतिशत २५ प्रतिशत अनिवार्य गरियोस ।
नेपालमा नै चिकित्सा शास्त्रको उच्च अध्यन गर्ने नेपाली जनताको मौलिक हक अधिकारलाइ सुनिस्चित गरियोस् । अन्त्यमा हामी चिकित्सा क्षेत्रमा कायम सिन्डिकेट हटाउन पर्छ भन्नुहुने सम्पुर्ण आम सर्वसाधारण, सरोकार्वाला पक्ष सहित आम नेपालिहरुको साथ सहयोग र समर्थनको निमित्त आव्हान समेत गर्दछौ ।
आयोजक
मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल 


प्रतिक्रिया दिनुहोस्