Logo

विद्यार्थीलाई पिसाब खुवाउने प्रधानाध्यापकलाई पदबाट हटाइयो



जेठ ६, काठमाडौं । विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ ।

विद्यार्थीलाई कुटपिट गर्दै पिसाब खुवाएको आरोपमा उनलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको हो ।

प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ७ का बुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी गरी पिसाब खान बाध्य बनाएको गाउँपालिका अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको आरोप छ । यता प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधिमा संलग्न विद्यार्थीलाई सामान्य कारबाही गरेको तर पिसाब नखुवाएको दाबी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले घटनाको बारेमा जानकारी आएको जानकारी दिँदै यस विषयमा शिक्षा विकास समन्वय समितिको संयोजनमा छानविन समिति बनाएर तत्काल घटनाको अध्ययन गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्