Logo

मन्त्री यादवको उपचार नेपालमा असम्भव, थाइल्याण्ड लगिदै



जेठ ६, काठमाण्डौ । अस्वस्थ रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको उपचार नेपालमा असम्भव देखिइएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेकोमा अब थप उपचार यहाँ नहुने भएपछि थाइल्याण्ड लाने तयारी भइरहेको हो ।

उनलाई आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिँदैछ ।

यादवलाई टाउको र कम्मरको समस्या देखिएको थियो । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो ।

यादवको उपचारमा संलग्न नर्भिकका चिकित्सकको सल्लाहअनुसार थाइल्याण्ड लगेर उपचार गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्