Logo

झलनाथ खनाल स्वदेश फर्किए, ओलीसँग फायर



काठमाडौं, ६ जेठ । नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव कुमार नेपालले आफूलाई बाईपास गरेको आरोप लगाएका छन् ।

साताव्यापी चीन बसाई सम्पन्न गरेर आज स्वदेश फर्किएका नेता खनालले पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपामा आफूलाई बाईपास गरिएको आरोप लगाएका हुन् । उनले भने, मलाई षड्यन्त्र गरेर यस्तो गरिएको छ, म यसबारेमा भोलि नै हाईकमाण्डमा कुरा राख्छु, ओलीजीले गलत विहेभ गर्नुभयो।

पार्टी एकता गर्ने दिनका बारेमा समेत आफूलाई कुनै जानकारी नदिएको उनको गम्भिर आरोप छ । नेता खनाल अध्यक्ष ओलीसँग फायर छन् ।



प्रतिक्रिया दिनुहोस्