Logo

‘ओली-प्रचण्डको नेतृत्वमै गन्तब्यमा पुगिन्छ, शंका गर्ने ठाउँ छैन’ (भिडियो)



काठमाडौं, ६ जेठ । नेकपाका प्रभावशाली नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले एमाले माओवादी एकताबाट सबै कार्यकर्तादेखि नेताहरु खुशी रहेको स्पष्ट पारेका छन् ।

आज राति हिमालय टेलिजिनबाट प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै गृहमन्त्री थापाले भने, “स्वयम् तपाई आँफैपनि एकता घोषणा सभामा हुनुहुन्थ्यो, तपाईले त्यो खुशी देख्नुभएको थियो ।”

नेताहरुलाई भुमिका दिन कुनै असहजता नआउने उनको भनाई थियो । उनले भने,”अहिले नयाँ पार्टीको केन्द्रिय समिति ४४१ बनाउने सहहमति भएको छ । त्यो संख्याले नेताहरुको भूमिका स्पष्ट गर्छ । हामी सबैको भुमिका उचित ढंगले प्रदान गर्छौं ।”

नेताहरुको व्यवस्थापन गर्न सकस छ नि भनेर सोधिएको प्रश्नमा उनले पून दोहोर्याए, “भुमिका दिएर व्यवस्थापन गर्ने हुन्छ । नेकपा गठन भएको छ, संख्या विशाल छ, आ आफ्नो तहमा जिम्मेवारी दिएर सबैको व्यवस्थापन हुन्छ ।”

आजको दिनसम्म यहाँसम्मको परिणाम हेर्दा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गन्तब्वयमा पुर्याउन सक्ने बताए । उनले थपे, “शंका गर्ने ठाउँ छैन, सही नेतृत्व र परिणाम दिलाउन सक्नुहुन्छ।”

अहिले दुवै नेता सहअध्यक्षको रुपमा रहेको बताउँदै उनले भने, “उहाँहरुको केमेष्टी मिलेको नै पुष्टि गर्छ । पार्टी दुवैले हाँक्ने सहमति छ । सह अध्यक्षको अर्थ नै त्यही हो । निर्देशनहरु दुवै नेताहरुको हस्ताक्षरबाट जारी हुन्छ । आलोपालो पद्धतीबाट बैठकहरु बस्नछन् ।”



प्रतिक्रिया दिनुहोस्