बुटवल, ७ जेठ। ३ जेठमा एकिकरण भएका एमाले–माओबादी पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको बिषयमा सबैतिर चर्चा र बहस चुलिएका छन् । नेकपाको गठनपछि राजनीतिक बिश्लेषकहरुले मिश्रीत प्रतिक्रिया दिन थालेका हुन् ।
कतिपयले सत्ताको स्वार्थका लागि एकता भएको टीप्पणी गरेका छन् त कतिपयले समयको माग र आर्थिक समृद्धिका लागि भनेका छन् । रिपोर्टर्स क्लव नेपाल साक्षात्कार कक्ष प्रदेश न ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बुटवल बहुमुखि क्याम्पसका प्राडा माधब पन्थीले एकिकरणले सबैकुरा समाधान नहुने बताउछन् ।‘ यो ऐतिहासिक कुरा र अबसर पनि हो सत्तापक्षलाई चुनौति पनि धेरै छ । ’उनले भने ।
नेपालको कम्युनिष्ट आन्दोलनले मुर्त रुप लिएको भन्दै उनले अब देशलाइ आर्थिक रुपले समृद्ध बनाउनुपर्ने बताए ।
कम्युनिष्टहरु फुटको श्रृखंला रोकिएको भन्दै सकारात्मक ढंगले यस्लाइ लिनुपर्ने उनको भनाइ छ । ‘सरकारले आफ्ना निति कार्यक्रमलाई जनतासंग प्रतक्ष्य लैजानु पर्छ ,जनताले सहमत गर्ने खालको कार्यक्रम बनेमा सत्तापक्ष बलियो हुन्छ , निति तथा कार्यक्रमजनतालाई मन नपरे नेकपालाई जिताउनु पर्छ भन्ने छैन ।’ उनले भने ।
सत्तापक्ष र प्रतिपक्ष लोकतन्त्रका लागी एक सिक्काका २ पाटा भएकाले लोकतन्त्रमा प्रतिपक्ष थप बलियो हुनुपर्ने उनको भनाइ छ ।
कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले एकता सकारात्मक रुपमा हेर्दा राम्रो भएको टीप्पणी गर्दै पार्टि मिल्दैमा सबै मिल्यो भन्न नसकिने बताए ।
‘अहिलकोे मिलन सत्ताको लागी भए सिस महल जस्तै केहि समयमै चकनाचुर हुन्छ यदि बिकास गर्नको लागी र जनताको जिवन उकास्न र लोकतन्त्रको लागी , संबिधानको लागी भएको भए हामीले बधाई दिनैपर्छ ।‘ढकालले भने ।
कांग्रेसले अन्य लोकतान्त्रीक शक्ति जोडेर बलियो हुनुपर्ने बेला आएको उनको भनाइ छ । ‘अहिलेको सरकार संबिधानको बिरुद्व गयो , स्वतन्त्रता बिरुद्व गएमा कांग्रेस पहिलो नम्बरमा बिरोधमा उत्रन्छ,अहिले हामी पर्ख र हेराईको अबस्था छौं । ’
उनले सरकारले राम्रो नतिजा दिन नसकेको भन्दै कम्युनिष्टहरुले कांग्रेस भन्दा बढि लोकतन्त्रको ब्याख्या गरेको उनको बुझाइ छ ।
बुटवलबहुमुखि क्याम्पसका अर्का प्राध्यापक मदन कट्टेलले यो एकता हर्ष न बिस्मात भएको टीप्पणी गरे । ‘अब १७ हजारको मृत्यु जिम्मा कस्ले लिने ,बहुमतको दम्भ र घमण्ड त्यागौं ।’
उनले कांग्रेस लोकतन्त्रबादी पक्ष भएको भन्दै ३५ लाखले भोट आउने कांग्रेस कसरी प्रतिपक्षी भयो भनेर प्रश्न गरे ।
उनले बिश्व आज माक्र्सको सिद्वान्तमा चलेको बताए । ‘आन्दोलनमा १० करोड मारीएको स्मरण गर्दै नेपालमा १७ हजार मान्छे मार्नेहरुले माफि माग्नु पर्दैन ?’ उनको प्रश्न छ ।
आफ्ना बिकृती हटाउन गरीएको गठबन्धनलाइ कम्युनिष्ट भन्नै नमिलने उनको तर्क छ । सहजातीलाई मार्न नहुने भएपनि अर्काको खोसेर खाने दर्शन स्वीकार्य कदापि स्विकार्य छैन कट्टेलले भने —‘ओलीले दम्भ फाले हुन्छ ,कम्युनिष्ठको दम्भ छाडेमा केही हुन्छ होइनभने एकिकरण ५ वर्षमा कुहिएको फर्सि जस्तै खस्छ ।
लेखक ऋषि आजादले आन्दोलनका नाममा १७ हजार मारिएकामध्ये राज्यले ९ हजार र तत्कालिन बिद्रोही ८ हजारको जिम्मा लिनुपर्ने बताए । अपराधगरेपछि ‘जेलमा कोचिनु पर्छ त्यसैले एक आपसमा जोगिन पनि यो खेल भयो ।’ उनले भने ।
झगडा भन्दा मिल्नु त राम्रो भएको भन्दै उनले लोकतन्त्रमा बाद प्रतिबाद र संबाद हुनु जरुरी रहेको बताए । संघर्ष र एकताको बिचको द्वन्द्व नेकपाले हटाएको उनको ठहर छ । ‘म एकतापछि खुसी छु आजाद भन्छन् —‘तर उनीहरुको दम्भ गलत हो, प्रतिपक्षलाई पेल्ने र प्रतिपक्ष बिना एक्लै निर्णय गर्ने गरे लोकतन्त्र हराउछ । प्रतिपक्ष र सत्तापक्ष दुबैले काम गरेर देखाउनुपर्छ ।‘
नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस नेता हरि लम्सालले दुइतिहाइको दम्भले मुलुकलाइ हित नगर्ने बताए । सरकार तानाशाही बन्ने कोशिषका लागेको भन्दै उनले ‘गृहमन्त्रालयको अन्डरमा रहेका बिभागहरु प्रधानमन्त्रीले हस्तक्षेप गर्ने र आफैले चलाउने किन गर्नुपर्यो’ प्रश्न गरे ।
लोकतन्त्रमा प्रतिपक्षी बलियो बन्नुपर्ने र कांग्रेसलाइ कमजोर ठान्दै सरकार अधिनायकबादको बाटोमा गएको उनको भनाइ छ । नामकै भरमा जो केही पनि कम्युनिष्ठ हुन नसक्ने भन्दै लम्सालले नेकपाको धरातल बलियो नभएको बताए ।
‘एकता भएका २ दल कम्युनिष्टको मुकुण्डो लगाएर राज्य सत्तामा हाली मुहाली गर्ने र कम्युनिष्ठको नाममा जनतालाई झुक्काउने काम गरेका छन् ।’लम्सालले भने ।
पत्रकार महासंघ रुपन्देही पूर्व अध्यक्ष दीपक ज्ञवालीले बिश्व फुटको कम्युनिष्ट इतिहासमा नेपालको एकताले राम्रो सन्देश दिएको बताए । उनले दक्षिण एसियामा ठूलो पार्टी भनिनु अबैैज्ञानिक कुरा भएको र त्यस्को बैज्ञानिक आधार केहो भन्ने प्रश्न गरे ।
‘कम्युनिष्ट सरकारलाइ यसम्यानहरुका कारण समस्या हुन सक्छ,जस्तो पूर्व राजा ज्ञानेन्द्रलाइ यसम्यानहरुले कुनै कमजोरी र गल्तीका बारेमा भनेनन् ।’
ज्ञवालीले नेपाली कांग्रेस बलियो बन्ने यो सुबर्ण अबसर भएको सुझाब समेत दिए । दल कमजोर भए देश कमजोर हुन्छ,बलियो हुनु सकारात्मककुरा हो तर यस्का चुनौतिहरु धेरै छन् । उनले भने ।एनआरएन आइसिसि केन्द्रिय सदस्य चित्र केसीले अहिलेको सरकारले अंकको दम्भ देखाएको बताए ।‘ दुइ पार्टीका तत्कालिन अध्यक्षहरु गणतन्त्र,संघीय बिरोधी र संसदीय अभ्यासको बिरोध गर्नेहरु हुन् यीनिहरुको मिलन स्वार्थका लागि हो ’
संसदिय पद्धतीको बिरोधी प्रचण्ड र संघियताको बिरोधी ओली एक भएको कारणले देशलाई गलत बाटोमा लैजान सक्ने उनको दाबि छ । मुलुकमा कुराले मात्रै समृद्धि नहुने भन्दै उनले ५० लाख युवा देश बाहीर रहेको बताए । रेमिटान्सको भरमा नेपाल सरकार धानीएको छ,उनको सिपलाई नेपालमा रोजगार दिन सकेमा समृद्वि तर्फ लाग्छ ,केसीको भनाइ छ ।
कार्यक्रम रिपोर्टर्स क्लव नेपाल प्रदेश न ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।