काठमाडौँ, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी परेपछि अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचाररत छन् ।
एक हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
उनलाई आन्तरिक रक्तश्राव भएर अस्पताल भर्ना गरिएको उनकी छोरी डा. किरण रेग्मीले जानकारी दिइन्। अहिले राष्ट्रकवि घिमिरेको उपचार भइरहेको छ।
तस्विर सौजन्य : ग्राण्डी अस्पताल