Logo

नीति तथा कार्यक्रम राम्रो निवन्धको पुलिन्दा हो : कार्की



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रम राम्रो निबन्धमात्रै भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग कुरा गर्दै सांसद कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘नीति तथा कार्यक्रममा लक्ष्य, गन्तब्य छैन, सरकारले कार्यान्वयन गर्न सक्दैन् ।’ उनले नीति तथा कार्यक्रमप्रति पार्टीको संसदीय दलको बैठक राखेर आधिकारिक धारणा राख्ने पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्