Logo

सनम शाक्य हत्या र ३३ किलो सुन काण्ड ‘जेरी’ जस्तै, यसरी पक्राउ परे गोरे



गोरेलाई अनुसन्धानका लागि विराटनगर पठाइने

जेठ ८, काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई पक्राउपछि सार्वजनिक गरिएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेरका गोरेलाई सार्वजनिक गरिएको हो ।
समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको समितिका संयोजक ईश्वरीराज पौडेलले जानकारी दिए ।

गोरे गौरीघाटमा नै बस्दै आएका थिए । हिजो काठमाण्डौ उपत्यका प्रवेश गरेको भन्ने गोप्य सुचनाका आधारमा रातभर प्रहरीले निगरानी राखेको थियो ।

“सुचनाका आधारमा हामी बाहिरै थियौँ । गोप्य स्थानमा परिचालित थियौँ । सोही क्रममा आज विहान गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।” पौडेलले भने ।

यसअघि नेपाल र भारतका विभिन्न स्थानमा गोरेको खोजि गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउपछि गोरेसँग गरिएको सामान्य सोधपुछले उक्त घटनाका अन्य पोलहरुसमेत खुलेको पौडेलले बताए ।

“गोरेसँग सोधपुछ गर्ने क्रममा अन्य सुचनाहरु पनि प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि अब गहन अनुसन्धान गर्छौँ ।” पौडेलले भने । “अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छ । ति विषयमा पनि गहिराइका साथ अनुसन्धान गर्छौँ ।”

अनुसन्धान निकै जटिल र गम्भीर प्रकृतिको भएको पौडेलको भनाई छ
सार्वजनिक कार्यक्रममा गृह मन्त्रालयका सहसचिवसमेत रहेका पौडेलले सुन तस्कर काण्ड जेरी जस्तै जेलिएकाले गहन अनुसन्धान गर्नुपर्ने बताए ।

“यो जेरी जस्तै जेलिएको र हरेक जेरीलाई सेलरोटीजस्तै खुलाउँदै लानुपर्ने छ । जेरीबाट सबै सेलरोटी निकाल्नुपर्ने भएकाले संचारमाध्यमले पनि गम्भीरतपूर्वक लिन आग्रह गर्दछु ।”

मोरङ जिल्ला अदालतमा नै मुद्दा दायर भएकाले अब गोरेलाई छानविनका लागि मोरङ जिल्ला अदालत पठाइने पौडेलले जानकारी दिए ।

सुन तस्कर र सनम शाक्य हत्याको मुद्दा संगठित अपराध ऐनअन्तरगत आकर्षित हुने पौडेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्