Logo

फर्किए सन्दिप, विमानस्थलमा स्वागत गर्नेको भीड (फोटोफिचर)



काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन्।

उनलाई कप्तान पारस खड्का र उपकप्दान ज्ञानेन्द्र मल्लले स्वागत गरेका हुन्। उनलाई स्वागत गर्नको लागि खेलकुदप्रेमी र शुभेच्छुकहरूको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भीड लागेको थियो।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आइपिएलमा सहभागी भएर आफूले धेरै उपलब्धि हासिल गरेको बताए। लामिछानेले भने,‘नेपाललाई चिनाउने एउटा राम्रो अवसर थियो । म फेरी पनि नेपालले गर्व गर्न लायक प्रदर्शन गर्ने छु।”

लामिछाने केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन्। साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्