बागलुङ, ८ जेठ / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षभित्रमा समृद्ध प्रदेशको आधार तयार हुने बताउनुभएको छ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीले आज बुर्तिबाङमा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै उहाँले प्रदेशका ८५ वटै स्थानीय तह अब विकासको गतिमा अघि बढ्छ भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले पाँच वर्षभित्रमा सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोड्््ने र सबै घरधुरीमा विद्युत् सेवा पु¥याइने उल्लेख गर्दै समृद्ध प्रदेशका लक्ष्य हासिल गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो ।
“मुख्य दुई कम्युनिष्ट दलबीच भएको एकताले मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा डोे¥याउने छ,” उहाँले भन्नुभयो, “कम्युनिष्टहरु फुट्न मात्र जानेका छन् भन्ने भ्रमलाई एकताले चिरेको छ ।”
मुख्यमन्त्री गुरुङले भन्नुभयो, “एकतालाई मुलुकको हितमा प्रयोग गर्नुपर्छ ।” अर्को फरक प्रसंगमा उहाँले प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउनुपर्ने बताउँदै अधिकारको बाँडफाँडमा देखिएका अन्योलले कार्यसम्पादनमा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न गराउन सके मात्र संघीयता सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनको पनि अवलोकन गर्नुभएको थियो ।
उहाँले ढोरपाटनमा बन्ने जलाशययुक्त विद्युत् आयोजनाको कामलाई प्रदेश तहबाट छिट्टै अगाडि बढाइने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री गुरुङसँग ढोरपाटनबासीले स्थानीय विकासका माग पेश गरेका थिए । (रासस)